काठमाडौं- सरकारले कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको १५ शय्या क्षमताको अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकित प्रदान गर्ने निर्णय गरेको छ।
संघीय मन्त्रिपरिषदको बैठकले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञचालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
'कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ', प्रवक्त गुरुङले भने।