काठमाडौं- यस वर्ष काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर नगरपालिका पहिलो भएको छ। बिहिबार काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।
उक्त कार्यक्रममा जिल्ला खोप समितिको तर्फबाट जिल्ला समन्वय प्रमुख सन्तोष बुढाथोकी र जनस्वास्थ्य कार्यालय काठमाडौं प्रमुख बसन्त अधिकारीले पूर्णखोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे। बिहान ७ बजे नगरपालिका परिसरबाट सुरु भएको प्रभात फेरीमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा स्थानीयको सहभागितामा नगर परिक्रमा गरी कीर्तिपुर पार्टी प्यालेसमा सभा आयोजना गरिएको थियो।
कीर्तिपुर नगरपालिकामा २०८१ फाल्गुन महिनामा घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुट भएका २४ जना बालबलिकालाई खोप लगाइएपछि पूर्णखोप सुनिश्चित भएकोले नगर खोप समन्वय समितिको बैठक बसेको हो।
२०८२ जेठ ४ देखि ८ गतेसम्म नगरपालिकाका सबै वडा घोषणा गरिएको थियो भने जेठ ८ गते नै जिल्ला खोप समन्वय समितिबाट नगरपालिका भेरिफिकेशन भएकोले आज पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको ह। यसको दिगोपनाको लागि निरन्तर काम गरिने कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखाका अमृतजंग बस्नेतले जानकारी गराए।