काठमाडौं- संघीय संसद्मा संघीय निजामती सेवा विधेयक, २०८० मा स्वास्थ्य बीमा सम्बन्धी विभिन्न संशोधन प्रस्तावहरू दर्ता भएका छन्।
सांसद्हरु पदम बहादुर परियार, गोपाल भट्टराई, मृगेन्द्र कुमार सिंह यादव, सुरेश कुमार आलेमगर, डा. बेदुराम भुसाल, जितजंग बस्नेत, विष्णु कुमारी सापकोटा लगायतका सांसदहरूले विधेयकको दफा ५२ मा संशोधन प्रस्ताव दर्ता गरेका हुन्।
संशोधन प्रस्तावअनुसार, निजामती कर्मचारी र तिनीहरूको परिवारको स्वास्थ्य उपचार 'सामाजिक सुरक्षा कोष'काे सट्टा 'स्वास्थ्य बीमा बोर्ड' मार्फत हुने स्पष्ट व्यवस्था गरिनुपर्ने माग गरिएको छ।
यसअघि विधेयकमा उल्लेख भएको 'औषधि उपचारको लागि... ' भन्ने वाक्यांशको सट्टामा 'निजामती कर्मचारीको स्वास्थ्य बीमा प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममार्फत हुनेछ' भन्ने शब्द प्रयोग गरिनुपर्ने सुझाव दिइएको छ।
त्यस्तै, अर्को संशोधनमा 'सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित...' भन्ने शब्दहरूको सट्टा 'स्वास्थ्य बीमा बोर्डद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी...' भन्ने शब्दहरू प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यो पनि पढ्नुहोस् : संघीय निजामती सेवा विधेयकबाट स्वास्थ्य बीमा बोर्ड 'आउट', सामाजिक सुरक्षा कोष 'इन'
संशोधन प्रस्ताव
