काठमाडौं – औषधि व्यवसायीहरुको संस्था एपोन (एशोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर नेपाल) को नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ। विप्लव अधिकारी र दीपक दाहालले उम्मेदवारी दिएका हुन्।
संस्थाको निर्वाचन समितिका अनुसार अन्य पदमा पनि प्रतिस्पर्धात्मक उम्मेदवारी परेको छ।
सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन्।
नाम फिर्ता लिने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएको छ। उम्मेदवारहरूबीच सहमति नजुटेमा मतदान प्रक्रिया दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि छलफल र सहमतिका लागि समन्वय जारी रहेको बताइएको छ।