धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रियाशील 'बीपीकेआईएचएस स्टुडेन्ट ब्लड डोनेसन कमिटिलेले रक्तदानका विविध कार्यक्रमहरूसँगै सीएमई गरेको छ।
रक्तदानलनााई विगत २५ वर्षदेखि रक्तदान अभियानलाई निरन्तरता दिँदै आएको कमिटिले दुईवर्षदेखि सीएमई समेत थालेको हो। दोस्रो संस्करणको सीएमईमा 'रगत प्रत्यारोपण'को विषयलाई मुख्य बहसको विषयवस्तु बनाइएको थियो। विभिन्न विशेषज्ञ वक्ताहरूले रक्त प्रत्यारोपणसम्बन्धी विषयहरूमा आफ्ना प्रस्तुति दिएका थिए।
कार्यक्रममा डा. बिपिन नेपालले “रगतको तार्किक र क्लिनिकल प्रयोग” शीर्षकमा रगतको प्रभावकारी प्रयोगले उपचारमा ल्याउने सुधार र जोखिम न्यूनीकरणका उपायबारे प्रकाश पारे। त्यस्तै डा. अस्मिता रायमाझीले 'क्यान्सर उपचारमा रगत प्रत्यारोपण' विषयमा क्यान्सर पीडितहरूमा देखिने विशेष आवश्यकताहरू र चुनौतीहरूको स्पष्ट व्याख्या गरे।
त्यस्तै, डा. बिशेष पौडेलले 'रक्त प्रत्यारोपणपछि देखिने प्रतिकूल प्रतिक्रियाहरू र व्यवस्थापन' शीर्षकमा व्यावहारिक समाधानहरू प्रस्तुत गर्दै स्वास्थ्यकर्मीहरूले अपनाउनुपर्ने सतर्कता र कार्ययोजनाहरू प्रस्तुत गरे।
कार्यक्रमको अन्त्यमा डा. सिन्धु खतिवडाको “वृहद् रगत प्रत्यारोपण” को जटिलता र रणनीतिमा आधारित रोचक प्रस्तुति थियो।
उक्त शैक्षिक कार्यक्रमले मेडिकल विद्यार्थीहरूमा रगत प्रत्यारोपणसम्बन्धी गहन ज्ञान, वैज्ञानिक दृष्टिकोण र उत्तरदायित्वबोध विकास गर्न उल्लेखनीय योगदान पुर्याएको विश्वास गरिएको छ।
रक्तदान समिति द्वारा सञ्चालित यो सीएमई कार्यक्रम भविष्यका स्वास्थ्यकर्मीहरूलाई चिकित्सा सेवा क्षेत्रप्रति अझ बढी संवेदनशील, जिम्मेवार र दक्ष बनाउने दिशातर्फ सशक्त कदम सावित हुने अपेक्षा गरिएको छ।