काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई डिएचआईएस टुको यूजर नेम र पासवर्ड लिन आउनका लागि सुचना प्रकाशित गरेको छ।
महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै भनेको छ, 'काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन एचएमआइएस-9.4 संकलन हुँदै आएकोमा सोको अनलाइन प्रणालीबाट प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयबाट ३६१ वटा स्वास्थ्य संस्थाहरूको डिएचआइएस टु को युजर नेम र पासपोर्ट उपलब्ध भएकोले कागजात सहित यथाशीघ्र छिटो महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध छ।'
जसका लागि स्वास्थ्य संस्था सञ्चालन इजाजत पत्रको प्रतिलिपि एक प्रति जिम्मेवार व्यक्तिको नागरिकताको प्रति समेत माग गरिएको छ।
हेरौं सूचना
