काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल, महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ।
अस्पताल प्रशासन शाखाद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार, चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अन्तर्गत विभिन्न विभागमा पदपूर्ति गरिनेछ।
अस्पतालले एमडीजीपी उत्तीर्ण ६, युरोलोजीमा जनरल सर्जरी विषयमा एम.एस. वा सो सरह उत्तीर्ण एकजना, रेडियसन अन्कोलोजी विषयमा एम.डी. उत्तीर्ण एकजना माग गरेको छ।
२१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८२ साल साउन २९ गते भित्र आवेदन दिन सक्नेछन्।
