काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस 'युथ इन मेडिसिन' को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।
संघका अध्यक्ष डा अनिल विक्रम कार्कीका अनुसार कार्यक्रम बिहान ६:३० देखि ९:३० बजेसम्म "वर्क-लाइफ बलान्स फर डक्टर्स" विषयमा छलफलले सुरु हुनेछ, जसको मूल नारा "हिलिङ अदर्स, वरहाउट लोसिङ योरसेल्फ: स्ट्राइभिङ फर बलान्स इन मेडिसिन" रहेको छ।
दिउँसो १०:०० देखि १:३० बजेसम्म रक्तदान कार्यक्रम, २:०० देखि ४:०० बजेसम्म "च्यालेन्जेस एन्ड अपरचुनिटिज अफ यंग डक्टर्स इन नेपाल" विषयक प्यानल छलफल र ४:०० देखि ६:०० बजेसम्म डक्टरहरूको प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण समारोह आयोजना हुनेछ।
कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री प्रदिप पौडेल हुन्। संघले सम्पूर्ण युवा डक्टरहरूलाई सिकाइ, साझेदारी र उत्सवको दिनमा सहभागी हुन समेत आग्रह गरेको छ।