काठमाडौं- साउनको अन्तिम सोमबारको अवसरमा काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पशुपतिनाथ क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। धार्मिक दर्शनका लागि आएका भक्तजनले शिविरमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिएका थिए।
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकले बिहानदेखि बेलुकीसम्म स्वास्थ्य सेवा प्रदान गरेका थिए। अस्पतालका व्यवस्थापक दिलिप साहका अनुसार गम्भीर समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ।
शिविरमा सामान्य जाँचदेखि लिएर दीर्घरोगसम्बन्धी परामर्शसम्मको सुविधा उपलब्ध गराइएको थियो। भक्तजनले धार्मिक यात्रा र स्वास्थ्य सेवा दुवै एकैसाथ पाएकोमा खुशी व्यक्त गरेका छन्।