काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
डा कोइरालाले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका छन्। उनले असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। हाल उनी अमेरिका पुगेका छन्।
उनले पत्रमा लेखेका छन्, `हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन अनुरोध गर्दछु।´
उनले एक्कासी सीप, देश र पेशा छाड्दा मन अमिलो भएकाे बताएका छन्।
