काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहउपकुलपति प्रदीप पौडेलले चारवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पत्र हस्तान्तरण गरेका छन्। बुधबार दिउसो मन्त्रालयमा उनले पत्र हस्तान्तरण गरेका हुन्।
पत्र हस्तान्तरण कार्यक्रममा सचिवद्वय डा विकास देवकोटा र डा डिल्लीराम शर्मा समेत उपस्थित थिए।
मंगलबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्राडा. विक्रम प्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. बुद्धिप्रसाद पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. पूजन कुमार रोकाया उपकुलपति बनेका छन्।
चारमध्ये तीन जना हाडजोर्नी तथा नशारोग विशेषज्ञ हुन् भने एक जना इन्टरनल मेडिसिन विशेषज्ञ हुन्।


