काठमाडाैं - नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त भएकी छिन् । कलेज सञ्चालक समितिले डा. नुसरतलाई डाइरेक्टरमा नियुक्त गरेको हो।
डा. नुसरतले कलेजको एकेडेमिक डाइरेक्टर भएर काम गर्नेछिन्। उनलाई बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत तथा पदभार ग्रहण गराए।
डा. नुसरत जहाँ अन्सारीले कलेजको चिकित्सा शिक्षा र व्यवस्थापकीय सेवामा योगदान गर्ने अपेक्षा गरिएको छ। उनी यसअघि विरगञ्जस्थित नेशनल मेडिकल कलेजको एकेडेमिक डाइरेक्टर थिइन्।