दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ठूलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ। न्युरो सर्जन डा उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्ससहितको स्वास्थ्यकर्मीको टाेलिले बुधबार एक जना बिरामीको ब्रेन ट्युमरको अप्रेसन गरेको हो।
बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले यसैवर्ष न्युरो सर्जरी सम्बन्धी सबै उपकरण व्यवस्थापन हुने बताए।
उनले न्युरो सर्जरी सम्बन्धी उपकरण खरिद गर्न सरकारले १४ करोडको बजेट विनियोजन गरेको जानकारी दिए।
रजिस्ट्रार लम्सालले मुटु रोग उपचारको लागि १० करोड क्याथ ल्याब मेसिन खरिद भएको र भदौमा जडान हुने बताए। साथै उनले ४ अर्ब ५१ करोड लागतको ४ शय्या अस्पताल पनि यसै आर्थिक वर्षमा निर्माण शुरु हुने जानकारी दिए।