काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा विभागहरूमा सहसचिवहरूको सरुवा र काजको निर्णय गरेको छ। सोही निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव हेमराज सुवेदी र नीता पोखरेल अर्याल सरुवा भएका छन्।
यसअघि सुवेदी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए भने अर्याल निर्वाचन आयोगमा पदस्थापित थिइन्। मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई भने गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ।
सरुवा भएका सहसचिवहरूलाई मन्त्रालय तथा विभागहरूमा आवश्यकताअनुसार तोकिएको पदमा पठाइएको सरकारले जनाएको छ। सोमबारको बैठकले २३ जना सहसचिवलाई नयाँ कार्यस्थलमा पठाएको हो भने बाँकीलाई सरुवा तथा काजमा खटाएको हो।