काठमाडौं- सरकारले स्वास्थ्य सेवाका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी प्युठान अस्पतालका प्रमुख डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा पठाइएको छ। मधेश प्रदेशका तत्कालीन स्वास्थ्य सचिव डा. श्रवण मिश्रलाई भने भ्रष्टाचारको आरोपमा निलम्बनपछि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका डा. यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको सचिवका रूपमा प्रस्ताव गरिएको छ।