काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो। समग्रमा ४९५ सिट बढेकाे हाे।
विराट मेडिकल कलेज , चितवन मेडिकल कलज, नाेबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज १३०, त्यस्तै मणिपाल, गण्डकी , किष्ट मेडिकल कलेज १२० र देवदह मेडिकल कलेज ९० पुगेको छ। जानकी मेडिकल कलेज र बीएण्डसी मेडिकल कलेजले समान ६० सिट पाएको छ ।
बीडीएसमा पिपल्स र कान्तिपुर डेन्टल कलेजको ६० पुगेको छ भने अन्त्यमा ५०, ४० र ३० रहेको छ।
काठमाडौं विश्वविद्यालयकाे स्कुल अफ मेडिकल १३० बढेकाे छ। अन्य सरकारी तथा प्रतिष्ठान काे स्राेत सुनिश्चित भएपछि मात्रै बढ्ने बताइएको छ।