काठमाडौं- विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको हालै सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले आयुर्वेद चिकित्सा क्षेत्रको प्रवर्द्धन, अनुसन्धान र नीतिगत पहलकदमीलाई सुदृढ बनाउन सक्ने नेतृत्व चयन गरेको जनाएको छ।
नवगठित कार्यसमितिमा डा. पुनेश्वर केशरी सभापति, डा. निर्मल भुसाल उपसभापति, डा. मदन भण्डारी कोषाध्यक्ष तथा डा. निश्चल गुप्ता सचिवमा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा डा. काजल झा, डा. बिशुनदयाल प्रसाद पटेल, डा. साधना पराजुली र डा. प्रशन्न नेपाल निर्वाचित भएका छन्।
समाजका नवनिर्वाचित पदाधिकारीहरूले आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई आधुनिक समयमा अझ प्रभावकारी बनाउँदै जनस्तरमा पुग्ने खालको कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आयुर्वेद विशेषज्ञ चिकित्सकको पेशागत हकहित र गुणस्तरीय सेवाको सुनिश्चितता पनि कार्यसूचीको प्राथमिकतामा रहने बताइएको छ।