काठमाडौं – विद्युतीय एम्बुलेन्स सञ्चालनका लागि प्राविधिक कार्यदलले तयार पारेको मापदण्डसम्बन्धी प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
मन्त्रालयका प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीलाई उक्त प्रतिवेदन मंगलबार हस्तान्तरण गरिएको हो।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, प्रदायक निकाय तथा सरोकारवाला निकायहरूको सहकार्यमा ६ महिनाको अवधिमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ।
यो मापदण्डले विद्युतीय एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।