काठमाडौं– काठमाडौंको बानेश्वर संगम चोकमा रहेको सिस्ट कलेजमा ब्याचलर्स इन हेल्थ केयर म्यानेज्मेन्ट (बिएचसिएम)को पढाइ सुरु हुने भएको छ।
कलेजले यही शैक्षिक सत्रदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा हेल्थ केयर म्यानेजमेन्टको कार्यक्रम सुरु गर्न लागेको कलेजका प्रिन्सिपल सलाउ दिन मियाले जानकारी दिए।
उनका अनुसार १२ कक्षा उत्तीर्ण गरेका जुनसुकै विधाका विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्न पाउने छन्। ‘अस्पतालको व्यवस्थापन र अस्पतालमा आधारित हेरचाह कसरी गर्ने भन्ने विषयमा केन्द्रित बिएचसिएम कोर्ष ४ वर्षको हुने र यसका लागि ४ लाख रुपैयाँ शुल्क लाग्छ’ उनले भने।
कलेज सञ्चालकमध्येका एक भोगेन्द्र डोटेलका अनुसार नेपालको सन्दर्भमा यो कोर्ष निकै नै उपयुक्त र अध्ययनपछि अवसरहरु पनि पाउने सम्भावना बढी भएको विषय हो।
‘हामीसँग एकदमै अनुभवी फ्याक्ल्टीहरु रहेका छन् । यो कोर्श अन्यत्र पनि छन्’, डोटेलले भने, ‘हामीले भने यसलाई मोडलको रुपमा सञ्चालन गर्न खोजेका छौं।’
हेल्थ म्यानेज्मेन्टको विज्ञले पढाउने उक्त कोर्शको अध्यापनमा डा बालकृष्ण सुवेदी नेतृत्वको टिम रहेको छ।
हाललाई उक्त कोर्श अध्यापनका लागि कलेजले ४० सिट पाएको छ।
यसैगरी, कलेजमा बी फर्मा, एमपिएच, एमफर्मा लगायतका विषयमा पनि अध्ययापन हुँदै आइरहेको छ। सिस्ट कलेज सञ्चालनमा आएको १५ वर्ष भइसकेको छ।