कणर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. थापालाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
जनरल सर्जन डा. थापा ११ औँ तहका चिकित्सक हुन्।
यसअघि अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल १२ औँ तह (अतिरिक्त सचिव) मा पदोन्नति भई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएका थिए। उनी पदोन्नतिसँगै गत असारको अन्तिम सातादेखि अस्पताल निर्देशक विहीन बनेको थियो। सो अवधिमा वरिष्ठताका आधारमा डा. थापाले नै निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए।