काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
रूघाखोकी सहितको मौसमी फ्लु संक्रमण भएपछि ओली हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरी रहेको उनको सचिवालयले जनाएको हो।
अस्वस्थ भएपछि बुधबारदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा ननिस्केको र बिहिबार पनि उनको कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यतालिका नरहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, 'मौसमी फ्लु संक्रमण भएपछि उहाँ अहिले बालुवाटरमा नै आराम गरिरहनु भएको छ, अस्वस्थताका कारण आज अत्यावस्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन'।