काठमाडौं- नेपाल सोसाइटी अफ गाइनकोलोजिकल एण्ड इन्डोस्कोपी (एनएसजीई)को आयोजनामा मिनिमली इनभेजिभ सर्जरी (एमआईएस) विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन तथा कार्यशाला सम्पन्न भएको छ।
सम्मेलनमा एमआईएस प्रवर्द्धनका अनुभव, नवीनतम प्रविधि तथा आगामी सहकार्यका सम्भावनाबारे महत्वपूर्ण छलफल र प्रस्तुतीकरणहरू भएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए भने एनएसजीई अध्यक्ष प्राडा गणेश दंगालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सांसद प्राडा चन्दा कार्की, प्रतिष्ठित चिकित्सक, अन्तर्राष्ट्रिय विज्ञ र सहभागीहरूको उपस्थिति रहेको थियो।
सम्मेलनले नेपालमा ल्यापारोस्कोपिक शल्यक्रियाको स्तरलाई अझ उचाइमा पु-याउने विश्वास व्यक्त गरिएको छ। यस अवसरमा शल्यचिकित्सा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउँदै उल्लेखनीय भूमिका निर्वाह गर्ने प्राडा सानु मैया दली र डा लता बज्राचार्यलाई लाईफटाइम अचिभम्न्ट अवार्ड’द्वारा सम्मान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष प्राडा गणेश दंगालले भने ‘कुनै पनि महिलाको पेट चिर्नु नपरोस्। यही हाम्रो सपना हो। बिरामीहरूको जीवन कम आक्रामक, अझ सुरक्षित र प्रभावकारी शल्यक्रियाबाट सुधारिने लक्ष्य नै हाम्रो सफलता हो।’