काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको हो।
प्रशासनले दिएको जानकारी अनुसार, सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुनेछ। यस अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस, प्रदर्शन, बैठक वा भीडभाड गर्न नपाइने आदेश जारी गरिएको छ।
कर्फ्यू क्षेत्र:
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिंजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तरतर्फ आइसल्यान्ड्स सम्म हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओभरब्रिज हुँदै संखमुल पुलसम्म।
-1757315342.jpg)