काठमाडौं- भ्रष्टाचारविरुद्ध सोमबार देशैभरी जेनजी पुस्ताले आन्दोलन गरिरहेका छन्। आन्दोलनले देशका केही स्थानमा उग्र रुप लिएको छ। आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा झनै चर्काएका छन्।
झापा संवाददाताले दिएको जानकारी अनुसार जेनजी युवाहरूले दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन्।
आन्दोलनकारीहरु उग्र बनेपछि प्रहरी पछि हटेको बताइएको छ। प्रहरी हटेपछि स्थानीयले नगरपालिकामा रहेका एक दर्जन गाडी र मोटरसाइकल जलाएका छन्। पछिल्लो समय नगरपालिका प्रदर्शनकारीको कब्जामा छ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले सुरुमा गोली र अश्रुग्याँस प्रहार गरेको थियो। तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको हो।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। उनको दमक अस्पतालमा उपचार भइरहेको बताइएको छ।