काठमाडौं - जेनजी प्रदर्शनका एक घाइतेको उपचार धान्न नसकेर सिभिल अस्पतालले अन्यत्र रेफर गरेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर दिपक पौडलेले उपचार धान्न नसकेर अन्यत्र रेफर गरिएको स्वास्थ्यखबरलाई बताए । उनले भने -'इर्मेजेन्सीमा घाइतेको संख्या गनेर नभ्याउने स्थिती छ,
अस्पतालले धान्न नसकेर ट्रमा लगायत अन्य अस्पतालमा पठाइएको छ।'
उपचारका क्रममा एक जना घाइतेको मृत्यु भइसकेको उनले बताए। उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ।