काठमाडौं– जेनजीको आन्दोलनमा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना पत्रकार घाइते भएका छन्।
प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका हुन्।
नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो।
नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन्।
उनलाई अहिले सिभिल अस्पताल लगिएको छ।