काठमाडौं- जेनजीको आन्दोलनमा घाइते भएका केही जनाको ट्रमा सेन्टर पुर्याइएका छन्। सिभिल अस्पतालबाट केहीलाई रिफर गरिएको हो भने केही सिधै त्यहीँ पुर्याइएका छन्।
बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सय भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। सिभिल अस्पतालले धान्न नसकेपछि अन्य अस्पताल पठाउन थालिएको हो।
केही घाइतेलाई पाटन अस्पताल समेत पठाइएको छ।
सिभिल अस्पताल घाइतेले भरिएको छ। अस्पतालले अन्य अस्पताललाई उपचारका लागि आग्रह गरेको छ।