काठमाडौं- जेनजी प्रदर्शन हिंसात्मक बनेपछि बानेश्वर क्षेत्रमा गोली चल्दा सय भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ४ जनाको मृत्यु छ। सेन्टरमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार सेन्टरको आकस्मिक कक्षमा गोली लागेका १५ जना भन्दा बढी घाइतेको उपचार भइरहेको छ।
अन्य घाइतेको पनि सेन्टरमा उपचार भइरहेको बताइएको छ।
यसका साथै सिभिल अस्पतालमा पनि दुई जना घाइतेको मृत्यु भएको बताइएको छ।
घाइतेहरुको उपचार जारी रहेको र केही घाइतेको अवस्था गम्भीर रहेको दुबै अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन्।