काठमाडौं - सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेपछि उपचारमा समेत समस्या सृजना भएको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्।
नयाँ बानेश्वर क्षेत्रमा जेनजी प्रदर्शन जारी छ। भीडलाई नियन्त्रणमा लिन प्रहरी असफल भएपछि सेना समेत परिचालन गरिएको छ।
प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते छन् ।