काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएका ३५ जना काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत छन्। तीमध्ये एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
केएमसीमा उपचारका लागि भर्ना भएका घाइतेको अवस्थाबारे जानकारी दिँदै प्रशासन प्रमुख नारायण प्रसाद दाहालले औषधिबाहेक सबै उपचार निःशुल्क गरिएको बताए। उनका अनुसार हाल घाइतेहरूको निरन्तर उपचार भइरहेको छ।
अस्पतालले घाइतेलाई आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराइरहेको र गम्भीर दुई जनालाई चिकित्सकहरूको विशेष निगरानीमा राखिएको दाहालले जानकारी दिए।