काठमाडौं – नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा आज भएको जेन-जी आन्दोलनका क्रममा घाइतेहरूको उपचारमा ठूलो दबाब परेको छ। आपत्कालीन कक्षमा एकैपटक धेरै घाइते ल्याइएपछि अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालले तत्काल अतिरिक्त चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको आवश्यकता परेको भन्दै नजिकै उपलब्ध हुने स्वास्थ्यकर्मीहरूलाई आपत्कालीन कक्षमा उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।
सिभिल अस्पतालका सुदिप ढकालले आपत्कालीन परिस्थितिमा सहयोगका लागि सम्पर्क गर्न सकिने नम्बर +977 9857059631 सार्वजनिक गर्दै घाइतेहरूको जीवनरक्षाका लागि स्वास्थ्यकर्मीहरूको तत्काल उपस्थिति अपरिहार्य रहेको जानकारी दिएका छन्।
अस्पतालमा अहिले निरन्तर घाइते ल्याइइरहेका छन् र स्वास्थ्यकर्मी अभावले उपचार कार्य प्रभावित हुनसक्ने बताइएको छ।