काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइतेको संख्या बढेसँगै राजधानीका प्रमुख अस्पतालहरूमा रगतको अभाव देखिएको छ। सिभिल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टरका चिकित्सकहरूले तत्काल विभिन्न रक्त समूहको आवश्यकता परेको बताएका छन्।
अस्पतालहरूमा उपचाररत घाइतेहरूको शल्यक्रिया तथा आपत्कालीन उपचारका लागि पर्याप्त रक्तसञ्चार नहुँदा समस्या बढेको चिकित्सकहरूले जनाएका छन्।
यसै कारण, जो कोही इच्छुक व्यक्तिहरूले रक्तदान गर्न अपिल गरिएको छ। रक्तदान गर्न सक्नेहरूले तुरुन्तै सम्पर्क नम्बर ९८५७०५९६३१ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीहरूले घाइतेहरूको जीवनरक्षाका लागि नागरिक स्तरमै सहयोग आवश्यक रहेको भन्दै तत्काल रक्तदान अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आवश्यक रगतका लागि सहजीकरण गरिरहेको सभापति श्याम डोटेलले जानकारी दिए। यदि रगत आवश्यक परेको खण्डमा उनको नम्बर ९८५१०३३९६७ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।