काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार, बैठक प्रधानमन्त्री निवासमा बस्नेछ।
यता काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ। स्थिति अझै तनावपूर्ण रहेको र प्रदर्शन अहिलेसम्म जारी रहेको प्रहरीले जनाएको छ।