काठमाडौं – सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृतकको संख्या १५ पुगेको छ।
गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको उपचारको क्रममा सोमबार काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि ट्रमामै मृत्यु हुनेको संख्या ७ पुगेको छ।
यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रदर्शनमा घाइते हुनेहरूको यकिन संख्या भने सार्वजनिक भइसकेको छैन।