काठमाडौं- एमाले निकट अनेरास्ववियुको महाराजगञ्ज मेडिकल क्याम्पस कमिटी आजैदेखि भंग गरिएको छ। यस सम्बन्धमा केन्द्रीय सदस्य डा. भामले व्यक्तिगत जिम्मेवारीबाट पनि अलग भएको घोषणा गरेका छन्।
डा. भामले बताएका छन्, 'बिद्यार्थी सङ्गठनहरूले कि त पार्टीको आवद्धताबाट अलग भएर स्वायत्त बन्ने, कि बिघटन हुने समय आएको छ। त्यसर्थ हामीले आजकै मितिदेखि अनेरास्ववियुको सङ्गठनलाई महाराजगञ्ज मेडिकल क्याम्पसमा बिघटन गरेका छौं।'
उक्त निर्णयअनुसार, महाराजगञ्ज चिकित्सा क्याम्पस कार्यकारी समिति २०८१/८२ औपचारिक रूपमा विघटन गरिएको जानकारी सम्पूर्ण विधार्थीलाई दिइएको छ।
डा. भामले थप भने, 'मैले व्यक्तिगत रुपमा पनि अनेरास्ववियुको कर्णाली प्रदेश ईन्चार्ज लगायत सबै जिम्मेवारीहरूबाट आजकै मितिदेखि आफूलाई अलग गरेको छु।'