काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कर्फ्यु आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नआएसम्म लागू हुनेछ।
यसअघि जेनजी युवाको विरोध प्रदर्शनका कारण लगाइएको कर्फ्यु आज बिहान ५ बजे सकिएको थियो। तर, स्थिति नियन्त्रित नभएको भन्दै प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो।