काठमाडौं - जेनजीको प्रदर्शनका घाइतेमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जाएको छ।
११ मध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्ने तयारी भइरहेक छ।
अस्पतालले मंगलबार प्रर्दशनमा घाइते भएका र आकस्मिक बिरामीको मात्रै उपचार गर्ने तयारी गरेको छ ।
सेन्टरका स्वास्थ्यकर्मी रातभरी समेत उपचारमा खटिएका थियो। सोमबार राति ११ जनाको अप्रेशन गरिएको डा रिजालले जानकारी दिए।