काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले कांग्रेसले तत्काल सरकार छाड्नुपर्ने बताएका छन्। जेनजी आन्दोलनमा सरकारले १९ युवाको हत्या र ४ सय बढी घाइते बनाउनेगरी बल प्रयोग गरेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले भनेका छन्, 'रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। '
नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन नहुने उनी बताउँछन्। थप्छन्, 'नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।'
कांग्रेसका गृहमन्त्री रमेश लेखकले उक्त घटनाको जिम्मेवारी लिँदै राजीनामा बुझाएका छन्।