काठमाडौं- जेनजी आन्दोलनका क्रममा घाइते भएका दुईजनाको काठमाडौं नेशनल मेडिकल कलेजमा निशुल्क उपचार गरिएको छ। कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सकारीका अनुसार गोलीको छर्रा लागेका उनीहरुको औषधि र उपचार निशुल्क गरिएको हो।
त्यस्तै प्रदर्शनमा घाइते भएका केहीको नर्भिक अस्पतालमा उपचार गरिएको छ । घाइतेहरुको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको अस्पतालले जनाएको छ ।
घाइतेमध्ये दुईजना सामान्य उपचारपछि डिस्चार्ज भएको, पेटमा गोली लागेको एकजना घाइतेको शल्यक्रिया पश्चात डिस्चार्ज भएको तथा दुईजना गोली लागेका घाइतेको उपचार भइरहेको र उनीहरु खतरा मुक्त भएको जानकारी अस्पतालले दिएको छ।