काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए।
ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो।
तोडफोड गर्ने प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन।
भ्रष्टाचारविरुद्ध जेन जीले सोमबारदेखि काठमाडौंलगायत देशका प्रमुख शहरहरूमा प्रदर्शन गरिरहेका छन्। सोमबार प्रदर्शनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
प्रदर्शनको दोस्रो दिन काठमाडौं उपत्यका तीनवटै जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। प्रदर्शनकारीहरू चोकचोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन्।