काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जेनजी पुस्ताको समर्थनमा सडकमा उत्रेका प्रदर्शनकारीले तोडफोड गरेका छन्।
प्रदर्शनकारीले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन्। उनीहरुले देउवा निवासमा आगलागीको प्रयास पनि गरेका छन्।
यसैबीच, प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि आगजनी गरेका छन् ।