काठमाडौं - सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शनका मृतकमध्ये १६ जनाको शव त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि पुगेको छ।
मृतकमध्ये १६ जनाको शब पोस्टमार्टमका लागि अस्पताल आइपुगेको त्रिवी शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले बताए ।
पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्नुपरेकाले पोस्टमार्टम प्रक्रिया सुरु गर्न नसकिएको उनले बताए। शबलाई हाल फ्रिज गरिराखिएको उनले जानकारी दिए।
सोमबार भएको उक्त प्रदर्शनमा हालसम्म ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ।