काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा जेनजी आन्दोलनकारीहरूले आगजनी गरेका छन्। सुरुवातमा आन्दोलनकारीहरूले घरमा पार्क गरिएको गाडीमा आगजनी गरेका थिए, त्यसपछि घरमा समेत आगो लगाइएको बताइएको छ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि असन्तुष्ट बनेका जेन-जी युवाहरूले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।
हिजो भएको प्रदर्शनमा प्रहरीले चरम दमन गरेको र गोली चलाउँदा कम्तीमा १९ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको छ।