काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन्। जेनजेड (Gen Z) प्रदर्शन र त्यसबाट उत्पन्न दबाबका कारण उनले पद छाडेका हुन्।
मन्त्री पौडेलले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अझै सत्ता छाड्ने कुनै संकेत गरेका छैनन्। ओलीको नेतृत्वविरुद्ध आन्दोलन तीव्र बन्दै गएका बेला मन्त्रीको राजीनामाले सरकार थप दबाबमा परेको छ।