काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
जेनजीको प्रदर्शन चर्कँदै गएको र राजनीतिक दलका नेताहरुको घरमा आगलागी लगाउने क्रम चल्दै गएपछि ओलीले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।