काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देवामाथि आक्रमण भएको छ।
जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन उग्र हुँदै नेताको घर जलाउने कार्यसम्म पुगेको छ। सोही क्रममा निवासमा रहेका देउवा दम्पती माथि आक्रमण भएको हो।
आक्रमणपछि देउवाको टाउकोबाट रगत निस्किएको छ। देउवालाई निवासभित्रबाट घिसार्दै बाहिरसम्म ल्याइएको थियो। यस्तै प्रदर्शनकारीले आरजु राणा देउवालाई कुटपिट गरेका छन्।