काठमाडौं – हालको विषम परिस्थितिको लाभ उठाउँदै आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने गतिविधि बढेपछि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायहरूलाई देशभर परिचालन गरिएको छ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा यस्तो असामाजिक कार्य रोक्न राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिन सेना परिचालन हुने उल्लेख गरिएको छ। सेनाले नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधिहरू नरोकिने खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायले आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा लिनेछन्।”
सुरक्षा निकायको तैनाथीपछि अवस्था सामान्यीकरण भएपछि थप जानकारी सार्वजनिक गर्ने समेत सेनाले जनाएको छ।
