काठमाडौं- जेनजी प्रदर्शनका क्रममा घाइते भएका ३५ जनाको शल्यक्रिया सिभिल अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर दीपक पौडेलले हालसम्म प्रदर्शनका ३५ घाइतेहरूको शल्यक्रिया अस्पतालले सम्पन्न गरेको बताए।
हाल अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका ३९ जनाको उपचार भइरहेको र त्यसमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अस्पतालमा उपचारमा रहेका पाँच घाइतेहरूले अन्य अस्पतालमा जाने भन्दै रेफर लिएका छन्।
विभिन्न अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका २० भन्दा बढीको मृत्यु भइसक्दा सिभिल अस्पतालमा हालसम्म ६ जनाको मृत्यु भएको छ।
अस्पतालको स्रोत साधनले उपचार धानिरहेको रहेको अवस्थामा हाल सेवा प्रवाह सामान्यतर्फ अगाडि बढिरहेको उनले जानकारी दिए।