काठमाडौं- जेनजीले आफ्नो तर्फबाट आगामी सरकारको नेतृत्वका लागि तीन जनाको नाममा चर्चा चलाएका छन्। जारी भर्चुअल बैठकमा उनीहरुले शुशिला कार्की, सागर ढकाल र र्यान्डम नेपालीको बढी चर्चा भइरहेको छ। तीमध्ये पोलका आधारमा पूर्वप्रधानन्यायाधीश शुशीला कार्की नेतृत्वका लागि 'पपुलर' देखिएकी हुन्।
काठमाडौं महानगरका मेयर बालेन शाह भने 'सम्पर्क'मा नभएको उनीहरुले बताइरहेका छन्। उनीहरुले सेनापति र राष्ट्रपतिसँग वार्ताका लागि अजेन्डा बनाइसकेको बताएका छन्। त्यसका लागि प्रतिनिधि बनाएको पनि उल्लेख गरेका छन्। तर नाम सार्वजनिक गर्न भने हिचकिचाइरहेको देखिन्छ।
प्रतिनिधिको नाम सार्वजनिक नभएपछि त्यहाँ सूचनाको हकको कदर नभएको कुरा समेत सहभागीले उठाएका छन्।
बैठकको नेतृत्व गरिरहेका १७ सय वटा मेल आएको छ। ३०० मेलबाट अजेन्डा बनेको उनीहरुले बताइरहेका छन्।
हाललाई सर्टटर्म एजेन्डा लिएर प्रतिनिधि कुरा गर्न गएको उनीहरुले बताइरहेका छन्। १० हजार जना भर्चुअल बैठकमा सहभागी छन् ।
बैठकमा दुर्गा प्रसाईंलाई मिसाउन नहुने कुरा चर्को रुपमा उठेको छ। एकजना प्रतिनिधिले भने, 'यत्रो उपलब्धि एउटा सन्कीको हातमा पुग्यो भने विद्रोहको अर्थ हुँदैन।'
त्यस्तै अर्को सहभागीले थपेका छन्- हाम्रो प्रतिनिधि रास्वपा र दुर्गा प्रसाईं होइनन् । जोड दिएर भने, 'दुर्गा प्रसाईंजस्तो रेसिस्टलाई स्वीकार गर्न सकिदैन । बटमलाइन पार्टीमा नलागेको व्यक्ति हुनुपर्छ।
एकजना छातिमा गोली लागेको भनिएको प्रमोद नामका व्यक्तिले अस्पतालबाट भने, 'शुशिला कार्की हाम्रो अन्तरिम सरकारको प्रतिनिधि हुन पाइँदैन । सल्लाहकार बनाउन सकिन्छ।'