काठमाडौं- जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् भने २५३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार अहिलेसम्म १ हजार ३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ।
सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा आएका छन्, जहाँ ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् र ६ जनाको मृत्यु भएको छ। नेशनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि पुगेका थिए, जसमा ५८ जना अझै उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ। त्यस्तै, भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्।
हालसम्म २८ वटा अस्पतालमार्फत् उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
